المدة الزمنية 8:26

Cow Festival | | गाई तिहार | | लक्ष्मीपूजा | | Third Day of Yam Panchak | | Science Behind Cow Festival

بواسطة Hetauda Serophero
508 مشاهدة
0
14
تم نشره في 2020/11/01

Cow Festival || गाई तिहार || Depawali गाईतिहार र लक्ष्मी पूजा कात्तिक कृष्ण औंसी तिहारको तेस्रो दिन गाईको पूजा हुन्छ। गाईका शरीरमा सबै देवदेवता निवास गर्ने शास्त्रीय कथन अनुसार गाईपूजा गर्दा गाईका शिरदेखि पाउसम्मका अंगहरुको पूजागर्ने चलन छ । गाईलाई सिंगारेर माला लगाइ तेल घसेर सम्मान गरी मीठोमीठो खानेकुरा दिइन्छ । पूजाआज सकिएपछि गाई चराउन निकाल्ने मार्गमा तोरण तारेर चरनमा लाने चलन छ । कसैकसैले यस दिन गाईलाई बालीमा हुलेर चराउने गर्छन् । लक्ष्मी पूजाको दिन बिहान सबैको घरमा गाईलाई फूलमालाले सिंगारी शरीरमा चामलको पिठो र दूधले छाप लगाई अबीर, केशरी, फूल, अक्षता साथै जनै पूर्णिमामा लगाएका रक्षाबन्धनको डोरो गाइको पुच्छरमा बाँध्ने पनि गरिन्छ । रक्षाबन्धनका दिन हातमा बाँधेको डोरो यस दिन गाईको पुच्छरमा बाँधिदिनाले मृत्युपछिको कष्टमय सागर वा वैतरणी पार गर्न सजिलो हुने विश्वास छ । वर्षका चार महत्वपूर्ण रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । यो रातमा स्त्री जाति विशेष गरी कुमारी केटीहरुले घरघरै गई भैलो खेल्ने चलन छ। हामी मानवको आर्थिक जीवनमा गाईले ठूलो मद्दतको साथै भूमिका खेल्छ । अझ नेपाली जनजीवन कृषिमा निर्भर हुने हुँदा कृषिको लागि गाई मेरुदण्ड हो । आउनुस आज हामि गाई तिहार र लक्ष्मी पुजा संग सम्बन्धित केहि रोचक प्रसंगहरु लगायत गाई पुजा तथा लक्ष्मि पुजा गर्नुको बैज्ञानिक बिश्लेषण गारौ । समाजशास्त्रीय मतलाई मान्ने हो भने यो दिन पशुपालनको युग सुरु भएको दिनको प्रतीक हो ।

الفئة

عرض المزيد

تعليقات - 6