المدة الزمنية 3:24

कविता वाचन | | साधना र प्राप्ति | | वाचन:-कल्पना भट्टराइ | | रचना:- चेतन न्यौपाने

بواسطة Chetan Neupane G
36 مشاهدة
0
1
تم نشره في 2020/06/05

"साधना र प्राप्ति" लाखौँ कोसिस,साधना र प्रतिभा- सम्भावना बोक्दछन् झन् आध्यात्मिक चेतको सुरुचिले-अज्ञान त्यो छोप्दछन् हाँसेका अति शिष्ट शान्त पनले बुद्धत्व झल्काउँछ बोलीको मृदु वाक्य शील्प लयले व्यक्तित्व सङ्ल्याउँछ इच्छाशक्ति र सोचका बल बुता विद्वान् हुने अंश हुन् नौला खोज प्रयोगका लगन जो विज्ञानका वंश हुन् बाँडे बढ्दछ ज्ञान प्राप्य धन हो आकाश चुम्ने पथ बाँडेरै अघि बढ्नुपर्छ चुलिँदा मिल्नेछ झन् मद्दत मायाँ लोभ र काम क्रोध यिनले सङ्कीर्णता ल्याउँछ सन्न्यासी हुनु झन् किमार्थ छल हो वैराग्य जन्माउँछ एकैनास रहन्न व्यक्ति गुणले देखिन्छ बेग्लै तर बेग्लै सोच र चेतना नघुलिँदा निष्कर्ष के मिल्छ र आफ्नो लक्ष्य समाउने अघि बढी शैलेन्द्र चुम्छन् उसै कोही लक्ष्य बिना कठोर पथमा चढ्छन् र झर्छन् रुँदै प्राणी बीच समान सोच नहुँदा यो वर्ग त्यो वर्ग छ आफ्नो लक्ष्य भुलेर निष्क्रिय हुँदा आजन्म नै नर्क छ ठूलो सोच्न सकी त्रिनेत्र सजियोस् सद्भावना झाँगियोस् आफ्नो सुन्दर जिन्दगी सफल होस् ज्वाला बनी राँकियोस् मोटो बुद्धि तिखारिएर चुलियोस् जाज्वल्य होस् तेज होस् लाखौँ कोसिस, साधना चलिरहोस् जीवन्त सम्मान होस् ! चेतन न्यौपाने, कल्लेरी, सिन्धुपाल्चोक । मिति २०७७।०२।२१ गते !

الفئة

عرض المزيد

تعليقات - 0