المدة الزمنية 2:27

महाशिवरात्रि पर्व: पाशुपत क्षेत्र झकिझकाउ । Kantipur Samachar

بواسطة Kantipur TV HD
3 871 مشاهدة
0
48
تم نشره في 2019/03/03

महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिरलाई रंगरोगनका साथ झकिझकाउ बनाइएको छ। शिवरात्रिमा यसपटक १० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने आंकलन रहेको र सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष महाशिवरात्रि पर्व सोमबार परेको छ। महाशिवरात्रिमा भगवान शिवको पूजाआराधना गर्ने चलन छ । अझ साधुसन्त र नागाबाबाले महाशिवरात्रीलाई विशेष बनाइदिन्छन् । भारतदेखि आएका साधुसन्त र नागाबाबाको चहलपहल पनि पशुपति क्षेत्रमा बढेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरलाई झकिझकाउ साथ सजाएको छ । १० लाख श्रद्धालु पशुपतिनाथ दर्शनका लागि आउने आंकलन रहेको र श्रद्धालुले लाम लागेको दुई घण्टाभत्रिसम्म दर्शन गर्न सक्ने कोषको भनाइ छ । श्रद्धालुको व्यवस्थापनका लागि ५ हजार स्वय‌ंसेवक परिचालन गरिनेछन् । यस्तै दर्शनार्थीको सुरक्षाका लागि ६ हजार सुरक्षाकर्मी तैनाथ हुनेछन् । शिवरात्रीका नाममा गाँजाको व्यापार भने हुन नदिने प्रहरीले बताएको छ । महाशिवरात्रि काठमाडौंबासीको मात्र नभइ भारत लगायत अन्य मुलुकका हिन्दूहरूको महान् चाड हो । र, यहाँको मुख्य पर्यटकीय आकर्षण पनि हो । त्यसैले चाडपर्वका नाममा विकृति बढ्न नदिन गाँजा, भाङ जस्ता नशालु पदार्थको बिक्री वितरणमा रोक लगाउन प्रहरीले सक्रियता बढाउनुपर्छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /user/TheEkantipur Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

الفئة

عرض المزيد

تعليقات - 2