المدة الزمنية 3:10

‘ओलीको कुबुद्धिले यहाँ पुर्यायो, ओली साह्रै हीनताबोधी ।’ Radha Krishna Mainali in TOUGH talk- Promo

1 817 مشاهدة
0
37
تم نشره في 2020/12/24

कम्यूनिष्टहरु सँधै जनताका कुरा गर्छन्, माक्र्स लेनिन, माओका सिद्धान्त घोक्छन र जनतालाई ठुल्ठुला सपना देखाउँछन । तर सत्तामा पुग्छन र शक्ति प्राप्त गर्छन अनि आ–आफै भिड्छन् र एकअर्कालाई सिध्याउन लाग्छन् । कम्यूनिष्ट पार्टी स्थापना भएको साढे सात दशकमा पटक पटक देखिएको प्रवृति हो यो । २००६ सालमा कम्यूनिष्ट पार्टी स्थापना भयो, त्यसपछिको साढे सात दशक शक्ति र सत्ताको संघर्षले टुक्रा टुक्रा भइरहेको छ । र यो साता फेरी नेकपा फुट्यो ।प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफू अल्पमतमा परेपछि प्रतिनिधि सभा नै विघटन गरेका छन र नेकपाभित्र फेरि विभाजन ल्याएका छन् । प्रधानमन्त्री ओलीको सत्ता उन्मान र पछिल्लो कदमले नेपालका राजनीतिक दलले जति नै ठुलो बहुमत प्राप्त गरेपनि सरकारलाई पाँच बर्षसम्म टिकाउन नसक्ने पुरानै अवस्थाको पुनराबृत्ति भएको छ । ३१ महिना अघि तत्कालिन एमाले र माओवादी किन मिलेका थिए र अहिले किन फुटे ? नेपालमा कम्यूनिष्ट पाटी किन फुटिरहन्छन् ? उनीहरुको नेतृत्व क्षमता के हो ? केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव नेपाल कस्ता प्रबृत्तिका व्यक्ति हुन् र उनीहरु कसरी सञ्चालित छन् ? ओलीको कदम र नेकपाको विभाजनले अब नेपाल फेरी सधैका लागि राजनीतिक अस्थिरताको बाटोमा प्रवेश गरेको हो ? यस्तै प्रश्नको जवाफ खोज्न आज मैले लामो समय कम्यूनिष्ट आन्दोलनमा विताउनु भएका र त्यो बेला अहिले शक्तिशाली भनिने नेताहरु भन्दा पनि माथिका नेता राधाकृष्ण मैनालीलाई निम्त्याएको छु । २०२८ सालको झापा आन्दोलनका मुख्य नेता मैनाली २०४६ सालको आन्दोलनमा बाममोर्चाको नेताको रुपमा अग्रभूमिकामा हुनुहुन्थ्यो । २०५४ सालमा एमाले विभाजनपछि माले पार्टीमा लाग्नुभयो । त्यसपछि पुनः एकिकरणबाट एमालेका जोडिनु भएको मैनाली तत्कालिन राजा ज्ञानेन्द्रको शासनकालमा पार्टी छाडेर राजाको मन्त्री बन्नुभयो । दोस्रो जनआन्दोलन सफल भएपछि तत्कालिन माओवादी केन्द्रमा जोडिनु भएका मैनाली पछि फेरी एमालेमै फर्किनुभयो तर पार्टी अनुशासनको कारावहीमा परेपछि अहिले निष्क्रिय हुनुहुन्छ । आउनुहोस् स्वागत गरौ आजका मेरा अतिथी राधाकृष्ण मैनालीलाई । TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012) Produced by Interface Nepal Network- Media for Arts and Rights. www.interfacenepal.com Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television. #TOUGHtalk #DilBhusanPathak Follow us for regular updates in: Facebook: https://www.facebook.com/ToughTalk/ Twitter: https://twitter.com/DilBhusanPathak Instagram: https://www.instagram.com/dil_bhusan_pathak/ Youtube: /user/toughtalk1 Podcast: https://www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes Instagram: https://www.instagram.com/dil_bhusan_pathak/ Internet Partner: Subisu

الفئة

عرض المزيد

تعليقات - 1