المدة الزمنية 38:50

साप्ताहिक राशिफल (२०७८ मङ्सिर २६ देखि पुस ०३ गतेसम्म) | | WEEKLY HOROSCOPE (Dec 12 - 18) | | Saptahik

14 587 مشاهدة
0
600
تم نشره في 2021/12/11

आआफ्नो सुविधा अनुसार तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सक्नुहुन्छ - चाडपर्व र उत्सवको विवरण 00:58 ग्रह परिवेशको विवरण 04:29 मेष 06:06 बृष 08:31 मिथुन 10:53 कर्कट 13:18 सिंह 15:40 कन्या 18:14 तुला 20:45 बृश्चिक 23:05 धनु 25:22 मकर 27:51 कुम्भ 30:24 मीन 32:47 यस साताको ग्रह परिवेश आफ्नो मित्र गृह मीन राशिमा रहेको चन्द्रमाका साथमा यस साताको शुभारम्भ भएको छ । त्यसपछि मङ्गलवार एकाबिहानै चन्द्रमाले मेष राशिमा र बिहीवार अपराह्नमा बृष राशिमा प्रवेश गरी आफ्नो यात्रा जारी राख्नेछ । यसरी साताभरिमा चन्द्रमाले मीन, मेष र बृष राशिको यात्रा गर्नेछ । यो सूर्यले ज्येष्ठा र मूल नक्षत्रको भ्रमण गर्ने समय हो, जुन क्रमशः बृश्चिक र धनु राशिमा पर्दछन् । त्यस्तै चन्द्रमाले परिभ्रमण गर्ने नक्षत्रहरूमा उत्तराभाद्रा, रेवती, अश्विनी, भरिणी, कृतिका, रोहिणी र मृगशिरा पर्नेछन् । साताको प्रारम्भमा बृश्चिक राशिमा सूर्य, मङ्गल र केतु, धनु राशिमा बुध र शुक्र, मकर राशिमा शनिश्चर, कुम्भ राशिमा बृहस्पति, मीन राशिमा चन्द्रमा र बृष राशिमा राहु ग्रहको उपस्थिति रहने छ । यो साता मङ्सिर महिनाको समापन भएर पुस महिना प्रारम्भ हुनेछ, त्यसैले सूर्यले यसै साता बृश्चिक राशिको यात्रा पूरा गरी धनु राशिमा प्रवेश गर्दैछ । यसरी सूर्य र चन्द्रमाबाहेक कुनै पनि ग्रहले यो साता राशि परिवर्तन गर्ने अवस्था आउने छैन । त्यस्तै राहु र केतुबाहेक यस साताको पहिलो दिन आइतवारका दिन शुक्रको गतिमा समेत बक्रता आउने छ । हिजोआज बुध ग्रह अस्ताएको अवस्था देखिन्छ, जुन आगामी सोमवारका दिन उदाउँदैछ । अन्य कुनै पनि ग्रहको बक्र गति वा अस्त अवस्था रहने छैन । This week's planetary environment This week has started with the moon in friend's house Pisces. After that, the Moon will enter Aries on Tuesday morning and Taurus on Thursday afternoon and will continue its journey. Thus the Moon will travel to Pisces, Aries and Taurus throughout the week. This is the time when the Sun travels to the Jyeshtha and the Mool constellations, which belong to Scorpio and Sagittarius, respectively. Similarly, the constellations orbiting the moon will include Uttarabhadra, Revati, Ashwini, Bharini, Kritika, Rohini and Mrigashira. At the beginning of the week, there will be Sun, Mars and Ketu in Scorpio, Mercury and Venus in Sagittarius, Saturn in Capricorn, Jupiter in Aquarius, Moon in Pisces and Rahu in Taurus. This week, the month of Mangsir will end and the month of Pus will start, so the Sun is entering Sagittarius this week after completing the journey of Scorpio. Thus, no planet other than the Sun and the Moon will be able to change the zodiac sign this week. Apart from Rahu and Ketu, on the first day of this week, on Sunday, the speed of Venus will also be curved. Nowadays, Mercury appears to be in a state of set, which is expected to rise on Monday. No other planet will have a curved motion. आगामी ७ दिनभित्रका चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २६ गते (१२ डिसेम्बर) : कल्पादि, धनगढी दुर्गा जाँत, डोटी पोखरी जाँत, पाँगा वैष्णवीदेवी यात्रा, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये रोग वाण : दिउँसो ०२:४२ सम्म, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शुभविवाह (पाणिग्रहण), गृहवास्तु जुरेको दिन, कलशचक्र २७ गते (१३ डिसेम्बर) : कीर्तिपुरमा इन्द्रायणी यात्रा, धनिष्ठा पञ्चक/सरुन समाप्ति (मध्यरात्रीपछि ०५:२७ बजे), वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो ०२:१२ पछि, मूहुर्त : अन्नप्राशन(पास्नी), शुभविवाह (पाणिग्रहण), कर्णवेध(कान छेड्ने), गृहारम्भ (घरको जग राख्ने), शिलान्यास (सामान्य), गृहवास्तु जुरेको दिन, द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने/बसाइँ सर्ने, कलशचक्र २८ गते (१४ डिसेम्बर) : श्री मोक्षदा एकादशी व्रत, श्री गीता जयन्ती, मौनी एकादशी, वैकुण्ठ एकादशी, भद्रा दिउँसो ०१:०२ बजेदेखि मध्यरात्रीपछि ०१:३५ बजेसम्म (भद्राको वास : स्वर्गलोक), वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो ०१:४३ सम्म, त्यसपछि अग्नि वाण, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), गृहवास्तु जुरेको दिन, कलशचक्र २९ गते (१५ डिसेम्बर) : मार्ग मसान्त, वाणपञ्चकमध्ये अग्नि वाण : दिउँसो ०१:१२ सम्म, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), कर्णवेध(कान छेड्ने), शिलान्यास (सामान्य), गृहवास्तु जुरेको दिन, वस्त्राभरण (नयाँ लुगा वा गहना लगाउने), पुराणश्रवण, कलशचक्र ०१ गते (१६ डिसेम्बर) : श्री गुरु प्रदोष व्रत (परीक्षा, प्रतियोगिता, मुद्दामामिला र शत्रुमाथि विजय प्राप्त गर्न), पौष सङ्क्रान्ति, वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो १२:४२ पछि, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्र ०२ गते (१७ डिसेम्बर) : काशीमा पिशाचमोचन तीर्थश्राद्ध, वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो १२:१० सम्म, त्यसपछि अग्नि वाण, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), कलशचक्र ०३ गते (१८ डिसेम्बर) : श्री पूर्णिमा व्रत, कुठिधान्य लक्ष्मीपूजा, श्री दत्तात्रेय जयन्ती, नुवाकोट दुप्चेश्वर मेला, भद्रा बिहान ०६:५६ बजेदेखि बेलुका ०८:०१ बजेसम्म (भद्राको वास : स्वर्गलोक), वाणपञ्चकमध्ये अग्नि वाण : दिउँसो ११:४० सम्म, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), कलशचक्र #Weekly_Rashiphal #Weekly_Rashifal #Weekly_Horoscope

الفئة

عرض المزيد

تعليقات - 23