المدة الزمنية 3:50

विज्ञानको दुर्दिन | The official lyrical video of (bigyanako durdina) | [shardulvikridit chand]

بواسطة Jiwan hari Sharma
533 مشاهدة
0
13
تم نشره في 2020/11/22

This is the official lyrical video of bigyanako durdina. प्रस्तुत भिडियो विज्ञानको दुर्दिन कविताको आधिकारिक शब्द सहितको भिडियो हो। lyrics/शब्द: आयो सङ्कट विश्वमा दिनदिनै झुक्दै छ मान्छे किन? खायो विश्व सखाप पार्छ कि कतै हाम्रै घुस्यो आँगन साह्रै होस गरे बँचिन्छ कि कतै मान्दैन यो मासिन भन्थे मै हुँ म राख्छु विश्व बसमा रोए अहो ती किन ? यौटा मात्र रहेन देश अछुतो दिन्नन् कुनै उम्कन ज्यादै शक्ति छ अस्त्र सस्त्र महिमा क्षेप्यास्त्रको भेदन जङ्गी यान रकेट जेट बनिए त्यो चन्द्रमा उक्लिन ईर्ष्या दम्भ घमण्ड शक्ति सबको खोज्दैछ सिद्ध्याउन। खै के काम भयो र शक्ति गतिलो आफैँ भयो छेदन केही गर्न नपाउँदै जगतमा लाखौँ विरामी किन? द्रष्टा दृष्टि भविष्य देख्छ जसले त्यो देवतामा गन हाँसी मर्दछ ज्ञान यो जगतमा विज्ञान रोईकन। साँच्चै साबित हुन्छ उक्ति कि कतै देखेर भन्ने मन धेरै बुद्धि र योजना पनि भए सक्दैन होला छुन अर्को सूर्य र यान मङ्गल पुगे बन्दैछ तारा गण भन्छन् दिक् विजयै गर्यौ प्रकृतिमा सामर्थ्य काम्यो किन? सूरो भै घुमिदिन्छ नित्य पथमा श्रद्धाञ्जली पाउन मेरै हो सुख भोग हैन सबको आफैँ पुग्यो मासिन अर्बौँ अर्ब गरेर खर्च बममा सद्बुद्धिको दोहन राख्याछौँ दिन रात भन्छ बसमा हुङ्कार थाक्यो किन? छेवैमा अनि बस्दछन् प्रकृतिका खाना पुरानै लिन जो जो बस्दछ गुप्त बास घरमा त्यो भाग्यशाली जन शङ्का गर्दछु आज विश्व विचमा विज्ञानको दुर्दिन कोरोना भनिनेछ भइरस यो मान्छे डरायो किन? poet:jiwan hari sharma recitation/harmonium:prem prakash pokhrel chhanda:shardulvikridit कवि:जीवन हरि शर्मा वाचन/हार्मोनियम:प्रेम प्रकाश पोख्रेल छन्द:शार्दूलविक्रीडित #chhanda #छन्द #shardulvikridit

الفئة

عرض المزيد

تعليقات - 2